Rule 28
समितिको लेखा र लेखा परीक्षण
(१) समितिको लेखा संस्थाले तोके बमोजिम राख्नु पर्नेछ र त्यस्तो लेखा राख्ने दायित्व सचिवको हुनेछ ।
(२) प्रमुख वा संरक्षण अधिकृतले समितिको काम कारबाही, लेखा तथा अन्य सम्बन्धित कागजातहरू जुनसुकै बखत हेर्न वा निरीक्षण गर्न सक्नेछ ।
(३) समितिको आम्दानी खर्चको बार्षिक लेखापरीक्षण संस्थाले नियुक्त गरेको दर्तावाला लेखा परीक्षकबाट हुनेछ ।
(४) उपनियम (२) बमोजिमको निरीक्षण गर्दा वा उपनियम (३) बमोजिम लेखा परीक्षण गर्दा कसैले लापरबाही वा बदनियत साथ रकम हिनामिना गरेको पाइएमा संस्थाले निजले त्यसरी हिनामिना गरेको रकम वा संस्थालाई पुर्याएको हानी नोक्सानीको रकम सरकारी बाँकी सरह असूल उपर गर्न सक्नेछ ।